सभापति देउवाले पदाधिकारीहरुलाई बाेलाए बूढानीलकण्ठ

सभापति देउवाले पदाधिकारीहरुलाई बाेलाए बूढानीलकण्ठ



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार बस्ने गरी पदाधिकारी बैठक बोलाएका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पर्सि बिहान ९ बजे पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने बताइएकाे छ ।

राष्ट्र बैंकको गभर्नर नियुक्तिबारेमा पनि छलफल हुने जनाइएको छ ।