काठमाडौं । नेपाल धितोपत्र बोर्डको खुमलटारस्थित कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी आईपीओ निष्कासन प्रक्रियामा रहेका ८९ कम्पनीका कागजातहरू नियन्त्रणमा लिएको छ।
बोर्ड अध्यक्षले बिचौलियामार्फत आईपीओ स्वीकृतिका लागि कमिसन मागेको आरोपपछि अख्तियारले छापा मारेको हो।
बोर्डले प्रेस विज्ञप्तिमार्फत अध्यक्षको नाम लिई गैरकानूनी फाइदा लिने कार्यमा संलग्न व्यक्तिका विरुद्ध तथ्य प्रमाणसहित जानकारी दिन आग्रह गरेको छ।

प्रतिक्रिया