मिश्र र प्रसाईँसहित २४ जनालाई सातौं पटक ५ दिन म्याद थप

मिश्र र प्रसाईँसहित २४ जनालाई सातौं पटक ५ दिन म्याद थप



काठमाडौँ । जिल्ला अदालत काठमाडौँले तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उनीहरूविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा न्यायाधीश मोना सिंहको इजलासले म्याद थप गरिएको हो ।

उनीहरूलाई पछिल्लोपटक वैशाख २१ गते म्याद थप गरिएकोमा थप अनुसन्धान गर्न पर्ने भएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

सो मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा भएका थिए ।