प्रधानमन्त्री ओली र देउवासहित दुई दलका शीर्ष नेताहरुबीच छलफल

प्रधानमन्त्री ओली र देउवासहित दुई दलका शीर्ष नेताहरुबीच छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढा दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समसामयिक राजनीतिक सवालबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटवार्तामा प्रधानमन्त्रीसहित कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अग्नि खरेल सहभागी थिए ।