आइपीएल अनिश्चितलकालका लागि स्थगित

आइपीएल अनिश्चितलकालका लागि स्थगित



काठमाडौं । भारत र पाकिस्तानबीच चुलिएको तनावको कारण इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितलकालका लागि स्थगित गरिएको छ ।

हिजो हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल चल्दाचल्दै फ्लड लाइट बन्द गरिएको थियो । पाकिस्तानले ड्रोन आक्रमण गरेको हल्लापछि खेल रोकिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आज आइपीएलमा लखनउ र बैंगलोरबीचको खेल लखनउमा हुने सेड्यूल थियो । तर, बीसीसीआइले अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगन गरेको हो । यसको आधिकारिक घोषणा हुन बाँकी छ ।

आइपीएलमा अहिलेसम्म ५८ खेल भइसकेका छन् । अब समूह चरणमा १२ खेल मात्रै खेलाउन बाँकी छ ।