काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण इन्डियन प्रिमियर लिग आइपिएल एक साता स्थगित गरिएको छ। भारतीय क्रिकेट बोर्ड बिसिसिआईले सुरक्षा कारण देखाउँदै यस्तो निर्णय गरेको हो।
बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाका अनुसार, ‘हाललाई एक साताका लागि मात्रै आइपिएल रोकिनेछ, त्यसपछि परिस्थितिको मूल्याङ्कन गरी अर्को निर्णय लिइनेछ।’
हालसम्म ५७ खेल सकिएको र अब १२ लिग खेल बाँकी रहेको छ। मे २५ मा फाइनल तय भए पनि तालिका फेरबदल हुनसक्नेछ।
गत खेलमा सुरक्षाकर्मीको सम्मानमा राष्ट्रिय गानसमेत बजाइएको थियो। पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच धर्मशालामा भइरहेको खेल पाकिस्तानको मिसाइल तथा ड्रोन आक्रमणपछि ‘ब्ल्याकआउट’ गरेर रोकिएको थियो।
अहिलेसम्मको अंक तालिकामा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंग्लोर समान १६ अंकसहित अगाडि छन्। रन रेटका आधारमा गुजरात पहिलो स्थानमा छ भने चेन्नई, राजस्थान र हैदराबाद प्लेअफबाट बाहिर भइसकेका छन्।
प्रतिक्रिया