समस्यामा परे इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न सरकारकाे आग्रह

समस्यामा परे इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न सरकारकाे आग्रह



काठमाडौं । भारत–पाकिस्तान तनाव लम्बिँदै गएकाले समस्यामा रहेका विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावास सरकारले आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्न सरकार सचेत रहेको बताएको हो ।

‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ । यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ । यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछ,’ मन्त्रालयले भनेको छ ।

मन्त्रालयले वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुद इस्लामावादस्थित दूतावासको सम्पर्क व्यक्ति रहेको पनि जानकारी दिएको छ ।