राष्ट्रपति पौडेललाई भेट्न प्रचण्ड शितल निवासमा

राष्ट्रपति पौडेललाई भेट्न प्रचण्ड शितल निवासमा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शुक्रबार शितल निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटका विषयमा थप नखुलाइएपछि आन्तरिक राजनीति तरंगित भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।