रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनवाई आज हुँदै

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनवाई आज हुँदै


ग्लोब नेपाल
567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनवाइ हुदैँछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि सुनवाइ हुन लागेको हो । 

गत वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारीसमेत गरेको थियो ।