ला-लिगा उपाधि दौडमा निर्णायक एल क्लासिको आज

ला-लिगा उपाधि दौडमा निर्णायक एल क्लासिको आज

बार्सिलोना र रियल मड्रिड खेल्दै



काठमाडौं । आज राति ८ बजे ओलम्पिक स्टेडियममा हुने एल क्लासिकोमा बार्सिलोना र रियल मड्रिड खेल्दैछन । ला-लिगा तालिकामा बार्सिलोना ३४ खेलपछि ७९ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड ७५ अंकसहित दोस्रो स्थानमा रहेको छ । बार्सिलोनाले यदि यो खेल जिते, उपाधि दौडमा सात अंकको अग्रता बनाउनेछ यदि मड्रिडले जिते एक अंकले मात्र पछाडि पर्नेछ।

पछिल्लो एल क्लासिकोमा (अक्टोबर २०२४) बार्सिलोनाले सान्तियागो बर्नाबेउमा रियल मड्रिडलाई ४–० ले पराजित गरेको थियो। यस सिजन बार्सिलोनाले कोपा डेल रे र स्प्यानिश सुपर कप पनि जितिसकेको छ, दुबैमा मड्रिडलाई हराउँदै उपाधि जितेको हो ।

बार्सिलोनाबाट डिफेन्डर जुल्स कौन्डे बाहिर छन् । रियल मड्रिडका लागि डिफेन्डरहरू मिलिटाओ, रुडिगर, अलाबा लगायतको अनुपस्थितिमा मध्यपंक्तिका खेलाडीहरूलाई डिफेन्समा झारिएको छ। ब्राजिलियन फरवार्ड रोड्रिगो बिरामीपछि फर्केका छन् भने युवा खेलाडी अर्दा गुलरले सम्भावित सुरुआती स्थान पाउने सम्भावना छ ।

बार्सिलोनाका १७ वर्षीय युवा स्टार लामीन यामाल यस सिजन एल क्लासिकोमा विशेष प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । उनले तीन क्लासिको खेलमा दुई गोल र दुई असिस्ट गरेका छन्, जसले उनलाई रियल मड्रिडका लागि चुनौतीपूर्ण बनाएको छ । उनको तीव्र गति र ड्रिब्लिङ क्षमताले रियलका डिफेन्डरहरूलाई दबाबमा राख्ने अपेक्षा गरिएको छ ।