शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ



काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । सुकेधाराबाट उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

बस्नेत राजावादीले आयोजना तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न थिए । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए पनि फरार भएका थिए ।

तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईं र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत व्यक्तिहरू यसअघि नै पक्राउ परिसकेका छन् ।

राजावादीले गरेको उक्त प्रदर्शनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । साथै, सरकारी कार्यालय र गाडीमा आगजनी, निजी सम्पत्तिमा तोडफोड र लुटपाट भएको थियो ।