सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित



काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबार प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो ।

आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि जवाफ दिएका थिए । उनको जवाफपछि सभामुख देवराज घिमिरेले प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । संशोधनका प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि नीति कार्यक्रम निर्णयार्थ पेस भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका थिए ।

बैठकले नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका ३७ सांसदहरूले पेस गरेको संशोधन बहुमतले अस्वीकृत गरेको थियाे । नीति तथा कार्यक्रममाथिको छलफलपछि निर्णयार्थ पेस गर्नुअघि सभामुख देवराज घिमिरेले संशोधनकर्ता सदस्यलाई फिर्ता लिन समय दिएका थिए । संशोधनकर्ताहरूले प्रस्ताव फिर्ता नलिने जानकारी गराएपछि संशोधन प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।