नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेकाे छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

सरकारले सभामा पेश गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।

त्यस क्रममा प्रधानमन्त्रीले सुशासन प्रवर्द्धनन र विकासको गतिलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित नीति तथा कार्यक्रम प्रस्तुत भएको बताए ।

यसअघि आजै प्रतिनिधिसभाबाट पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे थियाे । राष्ट्रपति रामचन्द्र पौडेलले गएको वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।