‘संयुक्त जनआन्दोलन समिति’ को बैठक राप्रपा कार्यालयमा

‘संयुक्त जनआन्दोलन समिति’ को बैठक राप्रपा कार्यालयमा



काठमाडौं । संयुक्त जनआन्दोलन समितिको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा बसेको छ ।

बैठकमा संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीलगायत उपस्थित थिए ।

जेठ १५ गतेदेखि गर्ने तय भएको ‘जनआन्दोलन’ बारे बैठकमा छलफल भएको थियो ।

बैठकले जेठ १५ गतेदेखि सुरू हुने काठमाडौं उपत्यकाकेन्द्रित ‘जनआन्दोलन’मा पार्टी, संस्था, अभियानका सबै संरचनाहरू परिचालन गर्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

साथै ‘जनआन्दोलन’ प्रारम्भ हुनुभन्दा केही दिनअघि उपत्यकामा प्रचारात्मक अभियान सञ्चालन गर्ने, यसको सुरू जेठ ८ गते काठमाडौंको साँखुबाट हुने निर्णय भएको छ ।

‘जनआन्दोलन’मा आम उपत्यकावासीको सहभागीताका लागि टोल टोलमा घरदैलो, कोणसभा र जागरणका विविध गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको पनि श्रेष्ठले जानकारी दिए ।