बार्सिलोना ला लिगा उपाधि नजिक

बार्सिलोना ला लिगा उपाधि नजिक


ग्लोब नेपाल
162
Shares

बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक पुगेको छ । गएराति दुई गोलले पछि परेको खेलमा रियल म्याड्रिडलाई ४–३ ले हराउँदै बार्सिलोना च्याम्पियन बन्ने अभियानमा थप मजबुत बनेको हो । रियलका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरे । रियलका कुनै पनि नयाँ खेलाडीले पहिलो सिजनमा गरेको यो सबैभन्दा धेरै गोल हो । बार्सिलोनाका लागि एरिक गार्सिया, लामिन यामालले समान १ र राफिन्हाले २ गोल गरे ।

यो जितले बार्सिलोनालाई रियलमाथि ७ अंकको अग्रता बनाएको छ । ला लिगामा अब ३ खेल मात्र बाँकी छन् । यो सिजन बार्सिलोनाले रियललाई ला लिगा, स्पेनिस सुपर कप फाइनल, कोपा डेल रे फाइनल, र अब क्लासिकोमा समेत हराउँदै १९८२–८३ सिजनको चार क्लासिको जितको कीर्तिमान बराबरी गरेको छ ।

बार्सिलोनाले बिहीबार आफ्ना छिमेकी क्लब एस्पान्योललाई हराएमा वा रियल म्याड्रिडले बुधबार मालोर्कासँग हार्दा, ला लिगा उपाधि जित्नेछ ।