सुनको भाउ आज एकैदिन तीन हजार सात सय रुपैयाँले घट्यो

सुनको भाउ आज एकैदिन तीन हजार सात सय रुपैयाँले घट्यो



काठमाडौं । सुनको भाउ आज एकैदिन तीन हजार सात सय रुपैयाँले घटेको छ । सुनकाे भाउ तीन हजार सात सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार पाँच सय रुपैयाँ रहेकाे थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।