कांग्रेस र एमालेसँग समीकरण बनाउँदा त्रुटि भयाे : प्रचण्ड

कांग्रेस र एमालेसँग समीकरण बनाउँदा त्रुटि भयाे : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्ला निर्वाचनमा कांग्रेस र एमालेसँग समीकरण गर्दा त्रुटि भएको बताएका छन् ।

सोमबार वाईसीएल, नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन उद्धाटन गर्दै प्रचण्डले उपनिर्वाचन र स्ववियु निर्वाचनको परिणामले उकालो यात्रा सुरु भएको दाबी गरे ।

“सायद हामीले कांग्रेस र एमालेसँग समीकरण गर्दा त्रुटि गरेछौँ । इमान्दारिताका साथ खुरुखुरु भोट हाल्ने जात पर्‍यौँ, बेइमानी गर्न नजान्ने । जनताका मान्छे पर्‍यौँ, उनीहरू बेइमान,” प्रचण्डले भने, “जब आफ्नो खुट्टामा दृढतापूर्वक उभियौँ । हाम्रो उकालो यात्रा सुरु भयो ।”

प्रचण्डले ०८४ को निर्वाचनमा पहिलो पार्टी बन्नैपर्ने बताए । माओवादी बलियो भए मात्रै जनता बलियो हुने उनले दाबी गरे ।

प्रचण्डले ७० वर्षको उमेरमा फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने संकल्प गरेको समेत सुनाए । “एकचोटी फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने संकल्प गरेर समाजवादी क्रान्तिको सुरुआत गरेर मात्रै माथि जाने विचार छ मेरो,” उनले भने ।