कार्लो एन्चेलोटी ब्राजिल राष्ट्रिय फुटबल टिमको नयाँ मुख्य प्रशिक्षक

कार्लो एन्चेलोटी ब्राजिल राष्ट्रिय फुटबल टिमको नयाँ मुख्य प्रशिक्षक



काठमाडौं । इटालियन प्रशिक्षक कार्लो एन्चेलोटी ब्राजिल राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनी हाल रियल म्याड्रिडमा रहेका छन् र मे महिनाको अन्त्यपछि क्लब छोडेर ब्राजिलको जिम्मेवारी सम्हाल्नेछन्।

डोरिवाल जुनियरलाई अर्जेन्टिनासँग ४-१ को हारपछि बर्खास्त गरेपछि यो पद खाली भएको थियो। एन्चेलोटीले २०२६ को विश्वकपसम्म ब्राजिलको नेतृत्व गर्नेछन्। उनले अर्को महिना इक्वेडर र पराग्वेविरुद्ध हुने छनोट खेलहरूमा टोलीलाई प्रशिक्षण दिनेछन्।

एन्चेलोटीले तीन च्याम्पियन्स लिग, दुई क्लब विश्वकप, तीन सुपर कप, र दुई ला लिगा उपाधि जितिसकेका छन्। “CBF” ले उनलाई गत वर्षदेखि नै प्रशिक्षक बनाउने प्रयास गरिरहेको थियो ।