रवि र छविको निवेदन आज पनि हेर्न नमिल्नेमा

रवि र छविको निवेदन आज पनि हेर्न नमिल्नेमा



काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदन आज पनि ‘हेर्न नमिल्ने’मा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको निवेदन ‘हेर्न नमिल्ने’मा परेको हो ।

लामिछानेले दायर गरेको उच्च अदालतको आदेश बदर माग गरिएको ७३ नम्बर निवेदन र उनका तर्फबाट श्रीमती निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन तथा छविलालका तर्फबाट दायर ७३ निवेदन एउटै इजलासमा परेका थिए ।

आइतबार लामिछानेका निवेदन न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेका थिए । न्यायाधीश दुईमध्ये पोखरेलले नागरिकता र राहदानी मुद्दामा लामिछानेका तर्फबाट वकालत गरेका कारण निवेदन हेर्न नमिल्नेमा परेका हुन् ।