१३ घण्टापछि खुल्यो बिपी राजमार्ग

१३ घण्टापछि खुल्यो बिपी राजमार्ग



काठमाडौं। बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार भत्काएको डाइभर्सन मर्मत गरिएको छ ।

बाढीले अवरूद्ध बिपी राजमार्ग १३ घन्टापछि पुन: सञ्चालनमा आएको छ ।

सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले मर्मतपछि बिपी राजमार्ग पुन: सञ्चालनमा आएको जानकारी दिए ।

बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक सोमबार राति थप क्षति पुर्‍याएको थियो ।

प्रहरी टोली तथा स्थानीयका पहलमा मंगलबार बिहानैदेखि एकतर्फी खुलाइएको थियो ।

गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको छ । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको थियो ।