इङ्ग्ल्याण्डका बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्लेअफ गुमाउने

इङ्ग्ल्याण्डका बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्लेअफ गुमाउने



काठमाडौं । इङ्ग्ल्याण्डका खेलाडीहरू जोस बटलर, ज्याकोब बेथेल र विल जयाक्सले यस सिजनको आईपीएल प्लेअफ गुमाउने भएका छन् ।

भारत र पाकिस्तानको सीमामा तनाव बढेपछि उनीहरूले भारत छाडेका थिए । आईपीएलको नयाँ तालिका सार्वजनिक भए पनि उनीहरू अन्तर्राष्ट्रिय खेलमा आबद्ध हुने भएका कारण आईपीएलको प्लेअफ गुमाउने पक्का भएको हो ।

रोयल च्यालेन्जर्स बेङ्गलुरुका बेथेलले अबको दुई खेल खेल्नेछन् । यसपछि उनी एकदिवसीय खेलका लागि देश फर्कने छन् । बटलर र ज्याक्स पनि आईपीएल खेल्न भारत फर्केपछि प्लेअफ गुमाएर इङ्ग्ल्याण्ड नै पुग्नेछन् ।

इङ्ग्ल्याण्डले मे २९ देखि शुरू हुने वेस्ट इन्डिजसँगको शृङ्खलाका लागि हिजो १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

आईपीएलको नयाँ तालिकानुसार मे २७ सम्म पहिलो चरणका खेल हुनेछन् । मे २९ बाट प्लेअफ शुरू हुनेछ । जुन २ मा आईपीएलको फाइनल खेल हुनेछ ।