भुँइमान्छेका योगदान बिर्सेका छैनौं : उपमहासचिव ज्ञवाली

भुँइमान्छेका योगदान बिर्सेका छैनौं : उपमहासचिव ज्ञवाली



काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्ने भुइँमान्छेहरूको योगदानको स्मरण गर्दै राज्यको नीति र नेतृत्वको भावनाले उनीहरूलाई सधैँ नजिक राख्ने बताएका छन् ।

लेखक डा. बिन्दा पाण्डेको पुस्तक ‘आश्रय, सुरक्षा सम्पर्कको सारथी : भुँइमान्छे’ माथिको परिचर्चामा एमाले उपमहासचिव ज्ञवालीले भुँइमान्छेको जीवनस्तर उकास्न राज्यका नीतिसँगै पार्टीले विभिन्न ठाउँमा उहाँहरूबारे अभिलेख राख्ने, सम्मान र स्मरण गर्नुपर्नेमा जोड दिइन् ।

डा. पोण्डेको पुस्तकमाथि समीक्षा प्रस्तुत गर्दै नेता ज्ञवालीले पार्टी निर्माणको जगमा भुइँमान्छेको भूमिका उल्लेख गरिन् । उनले भूमिगत आन्दोलनको आश्रयस्थलमा आफ्नो अनुभव सुनाउँदै बच्चाको गाँस काटेर पार्टीलाई सहयोग गर्न भुँइमान्छेहरूको स्मरण गरिन् ।

राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्यले युवा पुस्तासम्म कम्युनिष्ट आन्दोलन र यसमा भूमिका खेल्ने भुइँमान्छेबारे जानकारी दिन यस पुस्तकले मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिन् । राष्ट्रियसभाका अर्का सदस्य भगवती न्यौपानेले आगामी पुस्तालाई राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको इतिहासलाई बुझाउन पुस्तकले मद्दत गर्ने राय व्यक्त गरिन् ।