जित्नै पर्नै दबाबका बीच नेपाल बहराइनसँग भिड्दै

जित्नै पर्नै दबाबका बीच नेपाल बहराइनसँग भिड्दै


ग्लोब नेपाल
135
Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल र बहराइनको खेल आज हुँदैछ । नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्नका लागि लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । 

थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । त्सतै, नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । मंगलबार भएको अर्को खेलमा भने नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो ।

महिला टी–२० विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् । नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् ।

नेपाली टोलीः 
लइन्दु बर्मा (कप्तान)  पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा