बार्सिलोना उपाधिको एक कदम टाढा, एस्पान्योलसँगको खेल निर्णायक

बार्सिलोना उपाधिको एक कदम टाढा, एस्पान्योलसँगको खेल निर्णायक



काठमाडौं । बार्सिलोनाले आज राति एस्पान्योलसँग खेल्नेछ । यो खेल जिते लालीगा उपाधि पक्का हुनेछ । खेल नेपाली समय अनुसार राति १:१५ बजे आरसीडीई स्टेडियममा हुनेछ ।

बार्सिलोना र एस्पान्योलबीचको आजको खेल लालीगाको उपाधि निर्धारण गर्ने मोडमा पुगेको छ । हाल बार्सिलोनाले ३५ खेलमा ८२ अंक बनाइसकेको छ ।

दोस्रो स्थानको रियल म्याड्रिडले ३६ खेलमा ७८ अंक बनाएको छ । यदि बार्सिलोनाले आजको खेल जित्यो भने उनीहरूको अंक ८५ पुग्नेछ, जुन रियल म्याड्रिडको अधिकतम सम्भव अंक ८४ भन्दा बढी हो । त्यसैले बार्सिलोनाले आज जिते सिजनको दुई खेल अगावै लालीगाको उपाधि हात पार्नेछ ।

बराबरी वा हार भए भने उपाधि कसले जित्ने भन्ने कुराले अझै जटिल रूप लिनेछ र रियल म्याड्रिडसँग मौका बाँकी रहनेछ ।

आजको खेलले सिजनको उपाधि नै निर्धारण गर्न सक्छ । त्यसैले समर्थकहरूको ध्यान अब यही खेलमा केन्द्रित छ ।