शेरबहादुरजीलाई प्रधानमन्त्री पद किस्तीमा राखेर हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

शेरबहादुरजीलाई प्रधानमन्त्री पद किस्तीमा राखेर हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले १४ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद किस्तीमा राखेर हस्तान्तरण गर्ने बताएका छन् ।

पूर्वयोजनाकार मञ्च नेपालको कार्यक्रममा ओलीले देउवालाई छैटौंपटक पनि मौका जुर्नेवाला रहेको बताए ।

उनले भने, “अब शेरबहादुरजी पाँचपटक प्रधानमन्त्री हुनुभयो । मौका उहाँलाई जुर्छ क्या त्यो। के गर्नुरु अब फेरि जुर्नेवाला छ । मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु। उहाँलाई आइहाल्छ ।”