भारतका वन तथा वातावरण मन्त्री काठमाडौंमा

भारतका वन तथा वातावरण मन्त्री काठमाडौंमा



काठमाडौं । भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री नेपाल आएका छन् ।

भारतीय मन्त्री भूपेन्द्र यादव बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । उनलाई नेपालका वन मन्त्री ऐनबहादुर शाही ठकुरी लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

उनी सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।

शुक्रबारदेखि काठमाडौंमा सगरमाथा संवाद हुँदैछ ।