रविन्द्र मिश्र आज छुट्लान् ?

रविन्द्र मिश्र आज छुट्लान् ?

मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीशद्वय चुडाँल र श्रेष्ठको इजालासमा


ग्लोब नेपाल
135
Shares

काठमाडौं । बिगत २ महिनादेखि थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनवाइ हुँदैछ ।

मिश्रकी श्रीमती सारिका कार्की मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि आज  न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनवाइ हुँदैछ ।

गत बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो । जसअनुसार बिहीबार साँझ सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो ।

उनलाई आज  पनि अदालतमा उपस्थित गराइदैछ । सर्वोच्चको आदेशमा सम्भवतः आज उनी छुट्नसक्ने बताइएको छ ।