काठमाडौं । बार्सिलोनाले २८औं स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा इस्पानियोललाई २–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।
बार्सिलोनाको जीतमा खेलको ५३ औं मिनेटमा १७ वर्षीय लामिन यमालले र इन्जुरी समयमा यमालकै पासमा फरमिन लोपेजले गोल गरे ।
अंक तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३६ खेलमा ८५ अंक भएको छ । दोस्रो स्थानको रियल म्याड्रिडको समान खेलमा ७८ अंक हुँदा तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७० अंक रहेको छ ।
बार्सिलोनाले यो सिजनमा कोपा डेल रे कप र स्पेनिस सुपर कपको उपाधि पनि जितिसकेको छ ।
प्रतिक्रिया