काठमाडाैं । अल इत्तिहादले साउदी प्रो लिगको उपाधि जितेको छ । गए राति भएको खेलमा अल रायदलाई ३-१ गोलअन्तरले पराजित गर्दै अल इत्तिहादले उपाधि जितेको हो ।
गए राति भएको खेलमा अल रायदका ओमार गोन्जालेजले ९ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, अल इत्तिहादका लागि स्टेभेन बेर्जविज्नले २१औँ मिनेटमा बराबरी गोल फर्काए ।
४०औँ मिनेटमा गोल गर्दै इत्तिहादका डानिलो पेरेराले रायदविरुद्ध अग्रता दिलाए भने ४७औँ मिनेटमा गोल गर्दै अब्दुलरहमान अलोवुदले ३-१ को जित सुनिश्चित गरे ।
यससँगै लि लिडर अल इत्तिहादको ३२ खेलबाट ७७ अंक छ भने दोस्रो स्थानको अल हिलालको ३१ खेलबाट ६८ अंक छ । त्यस्तै ३२ खेलबाट ६५ अंक बटुलेको अल क्विदिशिह ६५ अंकका साथ तेस्रो स्थानमा हुँदा अल नासर भने ३१ खेलबाट ६३ अंकका साथ चौथो स्थानमा छ ।
प्रतिक्रिया