प्रचण्डले डडेल्धुराबाट गरे देउवालाई फोन

प्रचण्डले डडेल्धुराबाट गरे देउवालाई फोन




काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको मध्यपहाडी लोकमार्गअन्तर्गतको अभियान सुरु गर्न सुदूरपश्चिममा छन् ।

उनी बिहीबार नै डडेल्धुरा पुगेका थिए । सोही क्रममा उनले नेपाली कांग्रेसका सभापति तथा डडेल्धुरा जिल्लाका सांसद शेरबहादुर देउवालाई फोन गरेका छन् ।

प्रेस सेन्टर डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा पनि प्रचण्डले देउवासँगको टेलिफोन संवादको विषयमा जानकारी गराएका थिए ।

‘डडेलधुरा शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ। उहाँसँग सम्पर्क भयो, र उहाँले मेरो जिल्लामा स्वागत छ भन्नुभयो’, उनले भने ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि डडेल्धुरा पुगेको भन्दै सभापति देउवालाई फोन गरेका थिए । अहिले प्रचण्डले पनि सोही शैली अपनाएका हुन् ।