काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भेटेका छन् ।
शुक्रबार दिउँसो सभापति देउवालाई भेट्न उपमहासचिव शर्मा बूढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन् ।
सभापति देउवासँगको भेटमा देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको उपमहासचिव शर्माले बताएका छन् ।
भेटपछि शर्माले फेसबुकमा लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल ।’
प्रतिक्रिया