स्थगित आईपीएल पुनः आजबाट सुरु

स्थगित आईपीएल पुनः आजबाट सुरु


ग्लोब नेपाल
27
Shares

नयाँदिल्ली । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ ।आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरेपछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो ।

भारत र पाकिस्तानका बिचमा तनाव ब्यवस्थापन भइ युद्ध बिराम भएपछि पुन आइपीएल खेल सुरू हुन लागेको हो ।

पञ्जाब र दिल्ली बिच जारी भइरहेको खेल स्थगित गरेपछि अन्यौल छाएको थियो । आजको पहिलो खेल अर्थात ५८ म्याच  बैंग्लरू र कलकताका बिचमा साँझ ७ः३० बजेवाट सुरू हुनेछ ।