आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब तथा दिल्ली र गुजरात खेल्दै

आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब तथा दिल्ली र गुजरात खेल्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा राजस्थान रोयल्स र पञ्जाब किङ्गस खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे जयपुरमा हुनेछ । राजस्थान १२ खेलमा छ अंकसहित नवौं स्थानमा छ । ११ खेलमा १५ अंकसहित पञ्जाब तालिकाको तेश्रो स्थानमा छ ।

यस्तै अर्को खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे दिल्लीमा हुनेछ । दिल्ली ११ खेलमा १३ अंकसहित पाँचौ स्थानमा छ । समान खेलमा १६ अंकसहित गुजरात तालिकाको दोश्रो स्थानमा छ ।

आईपीएल क्रिकेटमा गएराति रोयल च्यालेन्जर्स बैंग्लुरु र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द हुँदा कोलकाता प्लेअफ दौडबाट बाहिरिएको छ भने बैंग्लुरु अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।