विद्यालय शिक्षा विधेयक : उपसमितिले बुझायो प्रतिवेदन (पूर्णपाठ)

विद्यालय शिक्षा विधेयक : उपसमितिले बुझायो प्रतिवेदन (पूर्णपाठ)



काठमाडौं । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ । छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले शिक्षा समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो ।

१५ परिच्छेद तथा १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०८ बुँदाको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा १०१ दफामा परिमार्जन गरिएको समिति संयोजक विश्वकर्माले जानकारी दिए ।

त्यस्तै १३ नयाँ दफा थप गरिएको, ४ दफा हटाइएको, १३ दफा नयाँ राखिएको र ६३ दफा यसअघिले सरकारले नै पेस गरेको विषयमा सदर गरिएको संयोजक विश्वकर्माले बताए ।

उपसमितिले निजी विद्यालय र प्रारम्भिक बाल विकासको विषयमा उपसमितिले निर्णय गर्न सकेको छैन । ती विषयहरू समितिमै फर्काइएको संयोजक विश्वकर्माले बताए । उपसमितिले पेस गरेको प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरूलाई अध्ययनका लागि दिइएको छ ।