प्रतिनिधिसभा बैठक बस्दै, ४ मन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठक बस्दै, ४ मन्त्रीले जवाफ दिने


ग्लोब नेपाल
216
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त कार्यभार थप सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन  । 

गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र कृषी तथा पशुपन्छी बिकास मन्त्रालय सबन्धी सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ सबन्धित मन्त्रिहरूले दिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले ‘पुर्वाधार विकास समितिको प्रतिबेदनसहित जलस्रोत बिधेयक, २०८१ माथी छलफल गरियोस्’ तथा ‘जलस्रोत बिधेयेक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ।