काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको ट्वीनअटर जहाज इन्जिनमा समस्या देखिएपछि बीचबाटै काठमाडौं फर्किएको छ ।
बिहान सवा ६ बजे उडेको जहाजको इन्जिनमा रामेछापमाथिको आकाशमा पुगेपछि समस्या देखिएको थियो । जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण गराइएको विमानस्थल कार्यालयले जनाएको छ ।
आकस्मिक अवतरण गराइएका कारण काठमाडौं विमानस्थलमा केहीबेर उडान र अवतरण प्रभावित भएको थियो ।
प्रतिक्रिया