मन्त्रिपरिषद् बैठक साँझ ६ बजे, गर्भनर नियुक्त गरिने

मन्त्रिपरिषद् बैठक साँझ ६ बजे, गर्भनर नियुक्त गरिने


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

यो नियमित बैठक भए पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे छलफल हुने सम्भावना छ । एक मन्त्रीका अनुसार पर्याप्त सहमति नभए पनि गभर्नर नियुक्तिको सम्भावना रहेको छ ।

गत बुधबार सरकारले अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे सम्मिलित गभर्नर सिफारिस समिति गठन गरेको थियो । समितिले आजै गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्न सक्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

बैठकमा मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णयका साथै केही प्रशासनिक निर्णय पनि हुने बताइएको छ ।