प्रचण्डलाई एमालेको चुनौती- जादुवाला नम्बरले भ्रम छर्दै छन्, सरकारको काम तथ्यांकमा हेर्नू

प्रचण्डलाई एमालेको चुनौती- जादुवाला नम्बरले भ्रम छर्दै छन्, सरकारको काम तथ्यांकमा हेर्नू



काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै जादुवाला नम्बर भएकाले भ्रम छरेकाे आराेप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले सरकारको काम तथ्यांकमा हेर्न अनुराेध गरे ।

उनले सरकारले निराशालाई आशामा बदल्ने गरी नीति तथा कार्यक्रम ल्याएको र बजेट पनि ल्याउने तयारी गरिरहेको दाबी गरे ।

विपक्षीहरूले कांग्रेस एमाले मिलेपछि देश ओरालो यात्रामा लाग्यो भन्दै भ्रम फैलाएको जिकिर गरे । उनले नागरिकको भरोसा टुटाउने गरी प्रायोजित अभिव्यक्ति दिइएको आरोपसमेत लगाए ।

आफू सत्तामा भएको भए जादूगरले जसरी गर्छु भनेर भ्रम फैलाइएको उनको भनाइ छ । उनले भने, ‘जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकाल्छ, तर त्यो सत्य होइन । त्यो केबल भ्रम हो । यो संसदमा पनि त्यस्ता प्रवृत्तिहरू हामीले देखिरहेका छाैँ । संसदमा केही जादुवाला नम्बर भएकाहरूबाट यस्तो अभिव्यक्ति सुनिरहेका छौँ । त्यो बेकल क्षणिक भ्रम मात्रै हो ।’

सरकारले केही काम गर्न सकेन भनेर सदनबाट निराशाको सञ्चार गरेकोप्रति आपत्ति जनाए ।