डीएसपी सवार गाडीले सांसद सवार गाडीलाई दियाे ठक्कर

डीएसपी सवार गाडीले सांसद सवार गाडीलाई दियाे ठक्कर



काठमाडौं । कोशी प्रदेशका सांसदहरू चढेको गाडीलाई नेपाल प्रहरीको गाडीले ठक्कर दिएको छ ।

सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० मा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्का सवार थिए ।

विपरीत दिशाबाट बिएई १४०६ नम्बरको कार आउँदै थियो । उक्त कारमा कोशी प्रदेशका सांसदहरू मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए ।

डिएसपी चढेको गाडीले सांसदहरू चढेको गाडीलाई ठक्कर दिएको हो । सांसदहरू सामान्य घाइते छन् ।

सांसद मैया श्रेष्ठले एक जना सांसदलाई अलि बढी चोट लागेको र अरू सामान्य रहेको बताइन् ।