अपांगमैत्री रंगशाला निर्माण गरिने छ : खेलकुदमन्त्री

अपांगमैत्री रंगशाला निर्माण गरिने छ : खेलकुदमन्त्री



काठमाडौं । युवा तथा खेदकुदमन्त्री तेजुलाल चौधरीले आगामी दिनमा अपांगमैत्री रंगशालाको निर्माण गरिने बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले दशरथ रंगशाला, पोखरा र कर्णाली प्रदेशको सुर्खेत रंगशाला अपांगमैत्री निर्माण गरेको जानकारी दिए ।

उनले आगामी दिनमा निर्माण हुने खेलकुदका नयाँ पूर्वाधार र निर्माणाधीन रंगशालाहरूलाई अपांगमैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे ।

पारा खेलका लागि विभिन्न राष्ट्रियस्तरको प्रतियोगिता गराउँदै आएको जनाउँदै मन्त्री चौधरीले पारा खेलाडीहरूको हौसलाका लागि अन्य खेलाडी सरह पुरस्कारको समान व्यवस्थामा गरिने जानकारी दिए ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेको खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने विषयमा बजेट अभावको कारण तत्काल प्रदान गर्न नसकेको स्वीकार्दै बजेट व्यवस्थापनका लागि हरसम्भव प्रयत्न भइरहेको बताए ।

त्यसअघि जगप्रसाद शर्माले पारा ओलम्पिक खेलमा सरकारले अहिलेसम्म कुनै पनि लगानी नगरेको, देशैभरि एउटा पनि अपांगमैत्री रंगशाला बनाउन किन पहल नगरेको भन्ने प्रश्न राखेका थिए ।