ओली र देउवा भेट्दै, मन्त्रिपरिषद् बैठक स्थगित

ओली र देउवा भेट्दै, मन्त्रिपरिषद् बैठक स्थगित



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के‍पी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ ।

उनीहरूबीच विशेषगरी नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाउनेगरी छलफल हुन लागेको बताइएको छ ।

त्यसैगरी आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीकाे निजी सचिवालयका एक सदस्यले बताए ।

आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन गरिएको थियो ।

त्यस्तै सिफारिस समितिको बैठक पनि बस्न सकेको छैन । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ भने सोही आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था छ ।