काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र उकुसमुकुसको अवस्था रहेको बताएका छन् ।
बिपी कोइरालाबारे सुवास घिमिरेले लेखेको ‘सान्दाजु’ पुस्तकको सोमबार काठमाडौंमा लोकोर्पण गर्दै उनले भने, ‘अब हाम्रो जेनेरेसनको साथीहरूले एउटा संकल्प गर्ने बेला आएको छ । कांग्रेसभित्र अहिले एउटा खालको उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ ।’
उनले अहिले आफूहरूले बनाएको प्रधानमन्त्री भएको र अब हुनेवाला प्रधानमन्त्री पनि आफूहरूको हुने भए पनि खुसी नदेखिएको बताए ।
‘अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो । अब गभर्नर हाम्रो, उ हाम्रो, जताततै हाम्रो । खुशी हुनुपर्ने नि कांग्रेस त, सबै हाम्रो भएको बेलामा किन खुशी नभएको? हामीले खोजेको त्यो होइन रहेछ,’ उनले भने ।


प्रतिक्रिया