प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

भुमि बिधेयक पेश गरिने


ग्लोब नेपाल
324
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक आज बिहान ११ः०० बजेका लागि बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्

उता, पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पुर्वाधार विकास समितिको बार्षिक प्रतिवेदन, २०८१’ बैठकमा पेश गर्दैछन् ।

भुमि, ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भुमिसबन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयक, २०८२ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

सांसद रणेन्द्र बराइलीले ‘दलित समुदाय माथि भइरहेको भेदभाव’ बिषय उल्लेख गरेर प्रस्ताव गरिएको ‘जरूरी सार्बजनिक महत्वको प्रस्ताव’ प्रस्तुत गर्ने भएका छन् ।