काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि सोमबार बेलुका नै भेट गर्ने तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो ।
उनीहरूबीच विशेषगरी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे छलफल भएकाे बताइएकाे छ ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने व्यवस्था छ । तर गभर्नर सिफारिस समिति बैठक अहिलेसम्म बस्न सकेको छैन ।


प्रतिक्रिया