काठमाडौं । आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपाल घरेलु टोली थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ ।
थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो । नेपालकी कविता कुँवरले सबैभन्दा धेरै २४ रन बनाइन् । थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन् ।
यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । थाइल्यान्डका नाट्या बोचाथम र नन्नापट कोन्चारोन्काईले अर्धशतक बनाए । नेपालका राजमती ऐरी र मनिषा उपाध्यायले १/१ विकेट लिए ।
नेपाल र थाइल्यान्ड यसअघि नै एशियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटमा पुगिसकेका छन् । विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनाेट शीर्ष ४ टोली इङ्ग्ल्यान्डमा सन् २०२६ मा हुने टी–२० विश्वकपमा पुग्नेछन् ।
प्रतिक्रिया