काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगको च्याम्पियन लिभरपुल ब्राइटनसँग पराजित भएको छ । गएराति भएको खेलमा ब्राइटन ३–२ गोलले विजयी भयो ।
लिभरपुलले दुई पटक अग्रता लिए पनि ब्राइटनले पुनरागमनसहित खेल जित्यो । उसका ज्याक हिन्सेलवुडले खेलको ८५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जीतसँगै ब्राइटनको ३७ खेलमा ५८ अंक भएको छ । ब्राइटन आठौं स्थानमा छ । तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलको समान ३७ खेलमा ८३ अंक छ ।
प्रतिक्रिया