काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन् ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल हुँदैगर्दा अर्थमन्त्री र गृहमन्त्रीलाई पनि बोलाइएको थियो ।
गभर्नर नियुक्ति र समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर गत चैत २४ गतेदेखि रिक्त छ । गभर्नर सिफारिस समिति अर्थमन्त्री पौडेलको संयोजकत्वमा छ तर अहिलेसम्म बैठक बस्न सकेको छैन ।
सभापति देउवाले गभर्नरमा अर्थविद् प्रा.डा. विश्व पौडेल नियुक्त गर्न यसअघि नै प्रधानमन्त्री ओलीलाई नाम दिइसकेका थिए ।
प्रतिक्रिया