काठमाडौं । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ ।
मन्त्रिपरिषद् बैठक बाेलाउनुअघि आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका थिए । लगत्तै बैठक बोलाइएको हो । नियमित रुपमा हिजो (सोमबार) बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको जानकारी गराएका थिए ।
आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ । गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिको बैठक पनि आजै ४ बजे बस्दै छ ।
प्रतिक्रिया