विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने ओली-देउवाबीच सहमति

विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने ओली-देउवाबीच सहमति



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको हाे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समिति बैठक आज अपराह्न ४ बजे आह्वान गरेका छन् ।

त्यसलगत्तै मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्नेगरी बोलाइएको छ ।