कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् ।
चौधरीविरूद्ध रूपन्देही जिल्ला अदालतले विद्युतीय अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । गत जेठ १ गते पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका चौधरी मंगलबार आफै इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले प्रहरीले खोजी गरिरहेको अवस्थामा चौधरी आफै प्रहरी कार्यालयमा उपस्थित भएको बताए ।
चौधरीमाथि बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा अदालतले गत जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रतिक्रिया